नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ वैशाख ।
सरकारले वैशाख १८ गते आइतबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (सोमबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले दिवा शिशु स्याहार केन्द्र सञ्चालनका लागि निजामती कर्मचारी श्रीमती सङ्घसँग थप ५ वर्षको सम्झौता गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई स्वीकृत दिने, सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन आदेश, २०७९ स्वीकृत गर्ने लगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं संचार सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलन गरी जानकारी दिए ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु
दिवा शिशु स्याहार केन्द्र सञ्चालनका लागि निजामती कर्मचारी श्रीमती संघसँग थप पाँच वर्षको सम्झौता गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई स्वीकृति दिने निर्णय
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन आदेश, २०७९ स्वीकृत गर्ने निर्णय
लोकसेवा आयोगको सिफारिसमा विभिन्न सेवा समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका तीन जना अधिकृतहरूलाई राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गर्ने निर्णय
कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङको लागि जग्गा प्राप्ती गर्न स्वीकृति प्रदान गर्ने निर्णय
प्रहरी नियमावली २०७१ को नियम ४१ बमोजिम मिति २०७९ वैशाख १९ गतेदेखि लागू हुनेगरि प्रहरी अतिरिक्त महानिरीक्षकमध्ये सबैभन्दा उपयुक्त देखिएका धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने निर्णय
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा राजु अर्याललाई बढुवा नियुक्ति गर्ने निर्णय