भुवन केसी, श्वेता खड्का र रविन्द्र खड्का काँग्रेसमा प्रवेश

अभिनेता भुवन केसी, अभिनेत्री श्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा अभिनेता केसी, अभिनेत्री खड्का र अध्यक्ष खड्का नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए । यसअघि अभिनेता केसी नेकपा एमालेमा आवद्ध भएपनि राजनीतिमा उनको सक्रियता थिएन भने अभिनेत्री खड्काको भने कुनै पार्टीमा आवद्ध थिइनन् । अभिनेता केसी स्वागत नेपालको पार्टीबाट काठमाडौंको मेयरमा उम्मेदवार बन्ने चर्चा पनि चलेको थियो ।



उक्त अवसरमा देउवाले कलाकार देशको गहना भन्दै पार्टीले पनि उचित जिम्मेवारीसहित सम्मान गर्ने आश्वासन दिएका थिए । काँग्रेसमा प्रवेश गराउनका लागि उनीहरुलाई अभिनेता निर शाह, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला लगायतले पहल गरेको बताइएको छ । कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंह, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, निर्देशक नीर शाह र विजयेन्द्र रावत पनि सहभागी थिए । विजयेन्द्र रावत पनि कांग्रेस प्रवेश गरेको जनाइएको छ ।

सम्बन्धित समाचार