नवकान्तिपुर संवाददाता
काठमाडौं, २० वैशाख ।
नेकपा (एकीकृत समाजवादी) ले गठबन्धनका उम्मेदवार जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको छ । आज (मंगलबार) बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले महानगर तथा उपमहानगरपालिकामा गठबन्धन भएका उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको पार्टी महासचिव डा. वेदुराम भुसालले जानकारी दिए । त्यस्तै बैठकले सबै पालिका तथा वडामा गठबन्धनका उम्मेदवार जिताउन लागिपर्ने र एकल उम्मेदवारी दिएका स्थानमा पार्टीका उम्मेदवारलाई जिताउन लागिपर्ने निर्णयसमेत बैठकले गरेको छ।
त्यसैगरी बैठकले गठबन्धन नभएको र आफ्ना उम्मेदवार नभएका ठाउँमा दक्षिणपन्थी अवसरवादी एवम् प्रतिगामी शक्तिका विरुद्ध मतदान गर्ने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले गठबन्धन दलबीच सहमति कायम गर्न अन्तिमसम्म प्रयत्न गर्ने निर्णयसमेत गरेको छ ।
विज्ञप्ति