आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

हाल नेपालमा स्थानीय वायु, पश्चिमि न्यून चापिय प्रणाली र भारतको मध्य प्रदेश देखि तामेलनाडु सम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका एक- दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग आज (शनिबार) देदेशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका भू-भागमा एक- दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।



त्यस्तै आज राति प्रदेश १ लगाएत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका भू-भागमा एक- दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावनारहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

सम्बन्धित समाचार