ओलीले वैशाख ३० मा गठबन्धनको ढाड भाँचिन्छ भनेपछि…

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन छिट्टै टुट्ने बताएका छन् । आज (आइतबार) आयोजित गरेको पत्रकार सम्मेलनमा ओलीले यस्तो बताएका हुन् ।

उनले वैशाख ३० मा गठबन्धनको ढाड भाँचिने पनि बताए । अध्यक्ष ओलीले यो आफैले नभई ज्योतिषले भनेको दाबी गरे । उनले गठबन्धनका लागि सबैभन्दा ठुलो खड्को वैशाख ३० रहेको बताए।



‘राजनीति हेर्ने ज्योतिषि र ग्रहदशा हेर्ने ज्योतिषि हुन्छ्न् । राजनीति हेर्ने ज्योतिषिले भनेका कुरा हुन् । गठबन्धन रहन्छ रहँदैन भन्नेमा मेरो केही भन्नु छैन । गठबन्धनका लागि सबैभन्दा ठुलो खड्को वैशाख ३० हुन्छ भन्ने छ । हुनसम्म हुन्छ, ढाडै भाच्चिनेगरी । कस्तो दिन छानेर उहाँहरुले राख्नुभएछ ?’’

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाजी ज्योतिषीमा धेरै विश्वास गर्ने भएकाले ओलीले देउवालाई आफ्ना ज्योतिषीहरूलाई सोध्न पनि आग्रह गरे । यसअघि उनले असार १७ पछि गठबन्धन टुट्ने कुरा ज्योतिषिहरूले भनेको बताएका हुन् । पत्रकार सम्मेलनमा ओलीलाई असार १७ गते के हुन्छ ? भनेर प्रश्न गर्दा उनले भने, ‘त्यो ज्योतिषीलाई सोध्नुस् ।’ ओलीले राणा, राजा र कांग्रेसको सरकारले कहिल्यै देशमा विकास नगरेको आरोप लगाए ।

सम्बन्धित समाचार