नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ वैशाख ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सधै विकासको पक्षमा रहेको बताएका छन् । आज (मंगलबार) आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले देशको विकास नेकपा एमालेले मात्रै गरेको दाबी गर्दै अन्य दलहरु विकासमा पछि रहेको बताए । उनले भने, ‘जनताले विकास र समृद्धि गर्ने पार्टी एमालेलाई फेरि पनि मत दिए विकास अझै अघि बढ्नेछ ।’ गठबन्धन स्वार्थका लागि भएको उनको भनाइ थियो। एमाले सबै किसिमका गठबन्धन र षडयन्त्रविरुद्ध लड्न सक्षम भएको उनको दाबी थियो ।
दमकको पशुहाटमा आयोजित नगरस्तरीय आमसभालाई सम्बोधनका क्रममा उनले यहाँको पुल पुलेसा, बाटो घाटो लगायतका विकासमा एमालेको नेतृत्व रहेको बताए ।