हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित

नेपाल सरकारले परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ ।

गत वैशाख १३ गते बसेको मन्त्रिपरिषद्ले हप्तामा शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको थियो । परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय भने बढाएको छ ।



शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सरकारी कार्यालय अब बिहान ९ः३० बजेदेखि र साँझ ५ः३० बजेसम्म सञ्चालन हुनेछन् । त्यस्तै सूचनामा कात्तिक १६ देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९:३० देखि अपरान्ह ४:३० बजेसम्म रहने उल्लेख छ ।

 

 

 

सम्बन्धित समाचार