नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० वैशाख ।
काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंहले गठबन्धन देशको आवश्यकता रहेको बताएका छन् । आज (शुक्रबार) मतदान गरेपछि उनले यस्तो बताएकी हुन् ।
मतदानपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले लोकतन्त्रलाई सुदृढ बनाउन निर्वाचन महत्वपूर्ण भएकाले आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताई आग्रह गरिन् । उनले भनिन् ‘गठबन्धन देशको आवश्यकता हो ।’
त्यस्तै उनले काठमाडौँको फोहरमैला व्यवस्थापन, ट्राफिक जाम हटाउने र सुरक्षित सहर बनाउने आफ्नो प्रतिबद्धता रहेको बताइन् । नेपाली कांग्रेसका उम्मेदवार उनले कामपा–१६ पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेकी हुन् । यस्तै कांग्रेसका पूर्व महामन्त्री तथा उनका पति प्रकाशमान सिंहले पनि सोही मतदान केन्द्रबाट मतदान गरेका छन् ।