नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ वैशाख ।
गुल्मीको रेसुङ्गा नगरपालिकाको वडाअध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । रेसुङ्गा नगरपालिकाको वडानम्बर २ मा कांग्रेसका हिराबहादुर थापा र वडा नम्बर ३ मा कांग्रेसकै बाबुराम खत्री वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेसका हिराबहादुर थापा ४८२ मत प्राप्त गरेका थिए भने उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका हिमाल कुँवरले ३९० मत ल्याएका थिए । त्यस्तै वडानम्बर-३ मा नेपाली कांग्रेसका खत्रीले ५९० मत ल्याएका थिए भने उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका मानबहादुर घर्तीले ५४८ मत प्राप्त गरेका थिए ।
यसअघि ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि दुवै वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।