नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ वैशाख ।
हेटौँडा उपमहानगरको २०० मत गन्दा मेयर पदमा नेकपा एमालेका अनन्त पौडेलले अग्रता बनाएका छन् । उनले ७१ मत ल्याउँदा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले ६५ मत प्राप्त गरेकी छन् ।
त्यस्तै उपमेयरमा पनि नेकपा एमालेका उम्मेदवार सुमित्रा काफ्लेले अग्रता बनाएकी छिन् । उनले ८२ मत ल्याउँदा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार राजेश बानियाँले ८० मत ल्याएका छन् ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा ३ हजार २ सय ९२ मत खसेको छ ।