नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ वैशाख ।
काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा एमालेका द्वारिका श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनले नेपाली कांग्रेसका राम मानन्धरलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भए । वडा सदस्यहरुमा पनि एमालेको प्यानल नै विजयी भएको छ ।यसअघि ०७४ सालको स्थानीय चुनामा यस वडामा कांग्रेसको प्यानल नै विजयी भएको थियो ।
त्यस्तै नगरप्रमुखम तथा उपप्रमुखमा एमालेकै उम्मेदवारले अग्रता कायम गरेका छन् ।