नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ वैशाख ।
गोरखा नगरपालिका १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । गोरखा नगरपालिका -१ मा कांग्रेसका वडाध्यक्षका हिक्मत कुँवर विजयी भएका हुन् ।
उनी ४९२ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का गोविन्दप्रसाद भट्टराइले ३४१ मत प्राप्त गरे । त्यसैगरी वडा नं १ मा कांग्रेस प्रमुख पदका उम्मेदवार राजनराज पन्तले ४८३ र उपप्रमुख मसलीमाया थोकरले ४९५ मत प्राप्त गरेका छन् ।
त्यस्तै माओवादीका प्रमुख पदका उम्मेदवार कृष्णराना मगरले ३८६ मत प्राप्त गरेका छन् । मतपरिणामअनुसार विजयी कांग्रेस महिला सदस्यका उम्मेदवारले ४६७, दलित सदस्यमा ४८०, पुरुष खुला सदस्यमा ५२३ र महिला खुला सदस्यका उम्मेदवारले ५१४ मत ल्याएर विजयी भएका हुन् । वडा नं १ मा कूल एक हजार २१२ मत खसेको थियो ।