नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ वैशाख ।
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अग्रता लिएको छ ।
१५० मतगणना हुँदा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ६६ मत प्राप्त गरेका छन् । त्यस्तै गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको मेयरकी उम्मेदवार रेनु दाहालले ५१ मत पाएकी छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ मत पाएका छन् ।