पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, कति पुग्यो लिटरको ? (सूचीसहित)

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले शनिबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर समान १०-१० रुपैयाँले बढाएको छ ।

त्यस्तै हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ । मूल्यवृद्धिसँगै पेट्रोलको भाउ प्रतिलिटर १७० रुपैयाँ र मट्टितेल र डिजेलको १५३ रुपैयाँ पुगेको छ। यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।



निगमलाई मूल्य बढाएपछि पनि पेट्रोलमा प्रतिलिटर १४.३६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३१.४४ रुपैयाँ घाटा छ ।

सूची

सूची

 

सम्बन्धित समाचार