नवकान्तिपुर संवाददाता
काठमाडौं, १ जेठ ।
काठमाडौँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले र उपमेयरमा नेकपा एमालेको सुनिता डंगोलले अग्रता कायमै रहेको छ । राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा अहिलेसम्मकाे मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार शाहले २६०१ मत पाएका हुन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १४१५ मत पाएका छन् भने गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १३५९ मत प्राप्त गरेकी छिन् । यस्तै राप्रपाका मदनदास श्रेष्ठले १९१ मत प्राप्त गरेका छन् ।
त्यसैगरी काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता लिएकी छिन् । सुनिताले १७४३ मत ल्याएकी छिन् । त्यस्तै गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ५१६ मत पाएका छन् भने राप्रपाकी उम्मेदवार विनिता मगैयाले ४१३ मत पाएकी छन् ।