गोरखाका २० वडाको नतिजा सार्वजनिक, को-कहाँ ?

मतगणनाको दोस्रो दिनको बिहानसम्म गोरखाको २० वटा वडाको अन्तिम नतिजा आएको छ । जसमध्ये माओवादी केन्द्रले १० वटा वडा जितेको छ ।

काँग्रेसले आठ वटा, एमालेले दुई वटा र जसपाले एउटा वडामा जित हात पारेको छ । माओवादी केन्द्रले पालुंटार नगरपालिका वडा नं १०, अजीरकोट गाउँपालिका वडा नं. १ र २, धार्चे गाउँपालिकाको वडा नं. १ र २, चुमनुब्री गाउँपालिकाको वडा नं. ६, भीमसेन थापा गाउँपालिका १, सहिदलखन गाउँपालिकाका वडा नं. २ र गण्डकी गाउँपालिका १ मा जित हात पारेको छ ।



निर्वाचन कार्यालयका अनुसार पालुङटार १० मा ऋषिराज धौराली, अजीरकोट १ मा मनोज गुरुङ, २ मा कृष्णबहादुर गुरुङ र ३ मा बाबुराम अधिकारी, धार्चे १ मा रामसिंह गुरुङ, २ मा सरोज गुरुङ विजयी भएका हुन् । त्यस्तै चुमनुब्री ६ मा सरोज लामा, भीमसेन १ मा विकास श्रेष्ठ, सहिदलखन २ मा सकुन थापा र गण्डकी १ मा तोपमान गुरुङ वडाध्यक्ष भएका हुन् ।

त्यस्तै नेपाली काँग्रेसले गोरखा नगरपालिका वडा नं. १ र २, सिरानचोक १, बारपाक सुलीकोट १ र ३, आरुघाट गाउँपालिका १, २, ३ मा जित हात पारेको हो । गोरखा नगरपालिका १ मा हिक्मतजंग कुँवर, २ मा रहमतुल्ला मिया, सिरानचोक १ मा मनिता गुरुङ वडा अध्यक्ष भएका छन् । त्यस्तै बारपाक सुलीकोट १ मा धनबहादुर घले, ३ मा बलबहादुर गुरुङ, आरुघाट १ मा गजे घले(सानु), २ मा रमेशकुमार लामिछाने, ३ मा टेकबहादुर अधिकारी वडाध्यक्ष बनेका छन् ।

एमालेले गोरखा नगरपालिका ३ र शहीदलखन गाउँपालिका १ मा जीत हात पारेको हो । गोरखा नगरपालिका ३ मा चुलबहादुर कुँवर(सानुकाजी) र सहिद लखन १ मा प्रेम गुरुङ वडाध्यक्ष बनेका हुन् । पालुंटार नगरपालिका १ मा जसपाका कृष्णबहादुर परियार वडाध्यक्षमा विजयी भएका छन् ।

सम्बन्धित समाचार