ललितपुरको मेयरमा चिरिबाबु र उपमेयरमा मन्जलीको अग्रता, यस्तो छ ताजा मतपरिणाम

ललितपुर महानगरको मेयर पदमा नेपाली काँग्रेसले अग्रता लिँदा उपमेयरमा नेकपा एमालेले अग्रता कायमै रहेको छ ।

पछिल्लो मतगणना अनुसार गठबन्धनबाट नेपाली काँग्रेसका मेयरका उम्मेदवार चिरिबाबु महर्जनले ४३१२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २०३८ मत ल्याएका छन् ।



त्यस्तै उपमेयरमा एमालेका उम्मेदवार मन्जली शाक्य बज्राचार्यले १८८६ मत पाएकी छिन् भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार बाबुराज बर्जाचार्यले १३१७ मत मात्र ल्याएका छन् । हाल २, ३ र ४ वडा तीन ठाउँमा गणना भइरहेको छ । यता वडा नम्बर १ अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी भएका छन् ।

सम्बन्धित समाचार