नवकान्तिपुर संवाददाता
काठमाडौं, २ जेठ ।
पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । जारी मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ४०४१ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ३६५७ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले ३८४ मतले अग्रता हासिल गरेका हुन् । उपप्रमुखमा एमालेकी मञ्जुदेबी गुरुङले ४१५१ मत प्राप्त गरेकी छिन् भने गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार कोपिला रानाभाट ४१११ मत ल्याएकी छिन् । महानगरपालिकाका १२,२३,२४ र २५ वडाको मत गणना जारी छ भने १ र २ को नतिजा घोषणा भएको छ ।
महानगरको वडा नं १ मा एमालेले विजय भएको छ । वडा नं १ मा एमालेका वडाअध्यक्ष पदका उम्मेदवार साहारा प्रधानले एक हजार १४५ मत ल्याई विजय भए भने उनका प्रतिस्पर्धी काँग्रेसका वडाध्यक्षका उम्मेदवार सीता गुरुङले एक हजार १०४ मत ल्याए । वडा नं २ मा काँग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार दिवशमान प्रधानाङ्ग एक हजार ८१९ मतसहित विजय भए भने उन का प्रतिस्पर्धी एमालेका दीपक शाहीले एक हजार ७९२ मत प्राप्त गरे ।