नवकान्तिपुर संवाददाता
काठमाडौं, २ जेठ ।
कैलालीको चुरे गाउँपालिकाको ६ वटै वडाको मतपरिमाण सार्वजनिक गरिएको छ। पालिकाको अध्यक्षमा नेकपा एमालेका चक्रबहादुर बोगटी विजयी भएका छन्। उनले गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार लोकबहादुर सारुमगरलाई पराजित गरेका हुन् ।
बोगटीले तीन हजार ३०५ मत ल्याए भने सारुले ३ हजार २८१ मत प्राप्त गरेका सहायक निर्वाचन अधिकृत नन्दलाल पाण्डेयले बताए। उपाध्यक्षमा नेपाली कांग्रेसका धनदेवी थापाले तीन हजार ४४९ मत ल्याएर विजयी भएकी छन् ।
उपाध्यक्षमा एमालेका दीपादेवी साउदले तीन हजार १२१ मत प्राप्त गरेकी सहायक निर्वाचन अधिकृत पाण्डेयले जानकारी दिए। ६ वडा रहेको सो पालिकामा ५ वडामा वडाध्यक्षसहित एमाले विजयी भएको छ भने एउटा वडामा कांग्रेस विजयी भएको छ ।