भरतपुरमा विजयसँग मतान्तर घटाउँदै रेनु

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदी र गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालबीच टक्कर चलिरहेको छ ।

१३ हजार ९३० मत गणना हुँदा विजयले ४७२७ मत प्राप्त गरेका छन् भने रेनुले ४६६९ मत ल्याएकी छन् भने । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २११४ मत पाएका छन् । पौडेल कांग्रेसको बागी उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रेका हुन् ।



यसैगरी उपमेयरमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ५५५७ मत पाएका छन् । उनको प्रतिस्पर्धी नेकपा (एमाले) सहितको गठबन्धनकी हिमला गुरुङ्ले ३७६४ मत पाएकी छिन् ।

 

सम्बन्धित समाचार