नवकान्तिपुर संवाददाता
काठमाडौं, २ जेठ ।
ललितपुर महानगरको मेयर पदमा नेपाली काँग्रेसले अग्रता लिँदा उपमेयरमा नेकपा एमालेले अग्रता कायमै रहेको छ ।
पछिल्लो मतगणना अनुसार गठबन्धनबाट नेपाली काँग्रेसका मेयरका उम्मेदवार चिरिबाबु महर्जनले ४९८५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १८४१ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा एमालेका उम्मेदवार मन्जली शाक्य बज्राचार्यले २००५ मत पाएकी छिन् भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार बाबुराज बर्जाचार्यले १४६४ मत मात्र ल्याएका छन् । हाल ४ नं वडाको गणना भइरहेको छ । यता वडा नम्बर १ अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी भएका छन् ।