नवकान्तिपुर संवाददाता
काठमाडौं, २ जेठ ।
काठमाडौँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै रहेको छ । राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा अहिलेसम्मकाे मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार शाहले ७५३५ मत पाएका हुन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले बालेनलाई पछ्याइरहेका छन् । स्थापित ३९८२ मत सहित दोस्रो स्थानमा रहेका छन् । यस्तै गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३४८२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेकी छिन् ।
त्यसैगरी काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता लिएकी छिन् । सुनिताले ६५५७ मत ल्याएकी छिन् । त्यस्तै गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १८५५ मत पाएका छन् भने राप्रपाकी उम्मेदवार विनिता मगैयाले १०७६ मत पाएकी छन् ।