नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ जेठ ।
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीबीच टक्कर चलिरहेको छ ।
रेनुले ५९४७ मत ल्याएकी छन् भने नेकपा एमालेका मेयर उम्मेदवार विजयले ५८८८ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २९०५ मत पाएका छन् । पौडेल कांग्रेसको बागी उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रेका हुन् ।
यसैगरी उपमेयरमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ७२५७ मत पाएका छन् । उनको प्रतिस्पर्धी नेकपा (एमाले) सहितको गठबन्धनकी हिमला गुरुङ्ले ४२२२ मत पाएकी छिन् ।