नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ जेठ ।
नेपालमा आज (मंगलबार) सुनको मूल्य २०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० रहेकोमा सोमबार रु ९६ हजार ५०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार २०० रहेकामा सोमबार प्रतितोला रु ९६ हजारमा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य सोमबारको मूल्य भन्दा २० रुपैयाँ बढ्दै एक हजार २६० मा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला रु एक हजार २४० मा कारोबार भएको थियो ।
सुनको मूल्य गत फागुन २३ गते १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै कीर्तिमान बनाएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १ हजार ८२३ दशमलव ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।