नवकान्तिपुर संवाददाता
काठमाडौं
बुटवल उपमहानगरपालिकामा गठबन्धन दलको अग्रतासँगै मतान्तर पनि बढ्दै गएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत मङ्गलबार बिहान घोषणा गरिएको मत परिणामअनुसार प्रमुख पदमा मतान्तर बढेर दुई हजार ९४० पुगेको छ ।
पछिल्लो परिणामअनुसार गठबन्धनबाट मेयर पदका कांग्रेस उम्मेदवार खेलराज पाण्डेले १० हजार ६११ मत प्राप्त गरेका छन् । नेकपा एमालेका बाबुराम भट्टराईले सात हजार ८२ मतकासाथ पाण्डेलाई पछ्याइरहेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका मृगेन्द्र शेरचन दुई हजार ६४ मतका साथ तेस्रो स्थानमा छन् । उपमेयरमा एमालेकी सावित्रा अर्याल अगाडि छिन्। उनको सात हजार ८८३ मत पुग्दा गठबन्धनमा एकीकृत समाजवादीका उम्मेदवार चिनबहादुर गुरुङको पाँच हजार ६८२ मत पुगेको छ। राप्रपाकी भगवती पाण्डेको दुई हजार ६४ मत रहेको छ ।
बुटवल उपमहानगरको वडा नं १ मा स्वतन्त्र उम्मेदवार, वडा नं २ को अध्यक्षमा नेकपा (एकीकृत समाजवादी) र सदस्य एमालेबाट विजयी भएका छन् । वडा नं ३ मा माओवादी केन्द्र, वडा नं ४, १६, १७ र मा नेपाली कांग्रेस विजयी भएको छ भने वडा नं १८ र १९ मा एमालेले जित हासिल गरेको छ ।