नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ जेठ ।
काठमाडौँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै रहेको र उनी अन्य प्रतिस्पर्धी भन्दा दोब्बर मतले अघि रहेका छन् । राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा अहिलेसम्मकाे मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार शाहले १५७७५ मत पाएका हुन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले बालेनलाई पछ्याइरहेका छन् । स्थापित ८२८८ मत सहित दोस्रो स्थानमा रहेका छन् । यस्तै गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७३४८ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेकी छिन् । यस्तै राप्रपाका मदनदास श्रेष्ठले १२२५ मत ल्याएका छन् । काठमाडौँमा केशव र सिर्जनाको मत जोड्दा पनि बालेनकै मत बढी रहेको छ ।
त्यसैगरी काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता लिएकी छिन् । सुनिताले १३४०८ मत ल्याएकी छिन् । त्यस्तै गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ४११८ मत पाएका छन् भने राप्रपाकी उम्मेदवार विनिता मगैयाले २६२८ मत पाएकी छन् ।