नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ जेठ ।
काभ्रेको खानीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
खानीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ विजयी हुँदा नेपाली कांग्रेसका दोर्जे मान जिम्वा उपाध्यक्षमा विजयी भएका हुन् । थिङले ४ हजार ४८५ मत ल्याउँदै विजयी भएका हुन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका शेखर लामाले ३ हजार १५५ मात्र मत ल्याएका थिए ।
त्यसैगरी उक्त गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका दोर्जे मान जिम्वा ४ हजार ३२८ मत ल्याउँदै विजयी भएका हुन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका रुकमेणी गुरुङले २ हजार ९८७ मात्र मत प्राप्त गरेकी थिइन् ।