बाबुरामको गृहनगरमा माओवादी विजयी

स्थानीय तहको निर्वाचन २०७९ मा पालुङटार नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। माओवादी केन्द्रबाट उम्मेदवार रहेका विवस चिन्तन ६०७५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका प्रेम बहादुर गुरुङले ५७१७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रबाट बन्दना पाण्डे ५५७९ मत ल्याएर विजयी हुँदा उन्ज्की निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी चेत कुमारी श्रेष्ठले ५०७७ मत प्राप्त गरेकी छिन् ।



२०७४ को निर्वाचनमा पालुङटार नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार प्रमुख र नेकपा माओवादी केन्द्र उपप्रमुखमा विजयी भएका थिए । पालुङटार पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइको गृहनगर हो । उक्त पालिकामा आफ्नो पार्टी जनता समाजवादीलाइ विजयी गराउन महिनादिन देखि घरदैलो अभियानमा सरिक थिए ।

सम्बन्धित समाचार