जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता

जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले आफ्नो अग्रता बढाउँदै गएका छन् ।

साहले पाँच हजार ६१ मत प्राप्त गरेका छन् । एमालेका शिवशङ्कर साह तीन हजार २३१ मतका साथ दोस्रो, लोसपाका मनोज चौधरी एक हजार ४८८ मत प्राप्त गरी तेस्रो र स्वतन्त्र उम्मेदवार बलराम महतो एक हजार ४०८ मतका साथ चौथोे स्थानमा रहेका छन्। निवर्तमान नगरप्रमुखसमेत रहनुभएका गठबन्धनका लालकिशोर साह एक हजार २८३ मतका साथ पाँचौँ स्थानमा छन् ।



उपप्रमुखमा कांग्रेसका किशोरी साहले अग्रता कायम राखेकी छिन् । उनले पाँच हजार ३९५ मत प्राप्त गरेकी छिन् । एमालेका रुना झाले तीन हजार ५६४ मतका साथ उनलाई पछ्याइ रहेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

सम्बन्धित समाचार