भरतपुरमा अग्रता बढाउँदै रेनु, पछि परे विजय

भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल नेकपा एमालेका विजयी सुबेदी भन्दा ३,०२६ मतले अघि भएकी छन् । आज (बिहीबार) साँझ ५ बजेको बजेको मतगणना अनुसार रेनु तीन हजार भन्दा बढी मतले अग्रता लिएकी हुन् ।

मेयरमा दाहालले १५,१६२ मत ल्याउँदा नेकपा एमालेबाट प्रमुखका प्रत्यासी विजयी सुवेदीले १२,१३६ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले ६,२६८ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १७,५३५ र राप्रपाका हिमला गुरुङले ९,७३२ मत प्राप्त गरेकी छन् ।



भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

 

सम्बन्धित समाचार