नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ जेठ ।
मोरङको विराटनगर महानगरपालिकाको मेयर पदमा गठबन्धन दलका तर्फबाट नेपाली काँग्रेसका नागेश कोइराला र उपमेयरमा नेकपा एमालेका शिल्पा निरौला विजयी भएका छन् ।
कार्कीले ३० हजार १७० मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका सागर थापाले २१ हजार ४५५ मत प्राप्त हुन् । त्यस्तै उपमेयरमा नेकपा एमालेका शिल्पा निरौला कार्की २५ हजार ६८० मत प्राप्त गरी विजयी भएकी हुन् भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले १४ हजार २१९ मत प्राप्त गरे ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले वडा नं १, २, ३, ४, ८, १०, ११, १४ र १९ का वडाध्यक्षमा विजयी भएको छ । यस्तै नेपाली काँग्रेसका उम्मेदवार ५, ६, ७ ९, १५, र १६ वडाको अध्यक्षमा विजयी भएका छन् । यसै गरी जनता समाजवादी पार्टीले वडा नं १२ र १७, राप्रपा १३ र स्वतन्त्र १८ को वडाध्यक्षमा निर्वाचित भएका छन् ।