भरतपुरमा विजयसँग मतान्तर बढाउँदै रेनु, कसले कति मत ल्याए?

भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल नेकपा एमालेका विजयी सुबेदी भन्दा ३,१९२ मतले अघि भएकी छन् । आज (शनिबार ) बिहान साढे १० बजेको बजेको मतगणना अनुसार रेनु तीन हजार भन्दा बढी मतले अग्रता लिएकी हुन् ।

मेयरमा दाहालले २१,२६७ मत ल्याउँदा नेकपा एमालेबाट प्रमुखका प्रत्यासी विजयी सुवेदीले १८,०७५ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले ७,९८३ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २३,४८७ र राप्रपाका हिमला गुरुङले १४,१४४ मत प्राप्त गरेकी छन् ।



भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

 

सम्बन्धित समाचार