नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ जेठ ।
भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल नेकपा एमालेका विजयी सुबेदी भन्दा ५,७३३ मतले अघि भएकी छन् । आज (शनिबार) दिउँसो साढे ३ बजेको मतगणना अनुसार रेनु पाँच हजार भन्दा बढी मतले अग्रता लिएकी हुन् ।
मेयरमा दाहालले २९,४७८ मत ल्याउँदा नेकपा एमालेबाट प्रमुखका प्रत्यासी विजयी सुवेदीले २३,७४५ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १०,३३४ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३१,८२४ र राप्रपाका हिमला गुरुङले १८,४०१ मत प्राप्त गरेकी छन् ।
भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।