भरतपुरमा निरन्तर अग्रता बढाउँदै रेनु, पछि परे विजय

भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल नेकपा एमालेका विजयी सुबेदी भन्दा ७,८५४ मतले अघि भएकी छन् । आज (आइतबार) बिहान ११ बजेको बजेको मतगणना अनुसार रेनु सात हजार भन्दा बढी मतले अग्रता लिएकी हुन् ।

मेयरमा दाहालले ३६,२७२ मत ल्याउँदा नेकपा एमालेबाट प्रमुखका प्रत्यासी विजयी सुवेदीले २८,४१८ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १२,७० मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३८,३८५ र राप्रपाका हिमला गुरुङले २२,४२७ मत प्राप्त गरेकी छन् ।



हालसम्म ९२ हजार १२८ मतगणना भएको छ । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

 

 

सम्बन्धित समाचार