नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ जेठ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ । आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा प्रधामन्त्री देउवा र अमेरिकी उपमन्त्री जियाबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा उनीहरुबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् ।
तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेकी जीया तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार काठमाडौँ आइपुगेकी हुन् ।