धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन् ।

राईले २० हजार ८२१ मत ल्याई मेयरमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १६ हजार ५९ मत प्राप्त गरेका हुन् । राईले नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गरेका हुन् । राईले लौरो चुनाव चिह्न लिएर मेयरमा प्रतिस्पर्धा गरेका थिए ।



त्यस्तै उपमेयरमा भने नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघा २० हजार ५१० मत ल्याई निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमलेका पदमप्रसाद लिम्बुले १७ हजार ६०६ मत मात्र पाएका थिए ।

सम्बन्धित समाचार