नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ जेठ ।
भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका मेयर र उपमेयरका उम्मेदवार जित नजिक पुगेका छन् । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल नेकपा एमालेका विजयी सुबेदी भन्दा ९,९३० मतले अघि भएकी छन् । आज (सोमबार) बिहान ९ बजेको मतगणना अनुसार रेनु नवौं हजार भन्दा बढी मतले अग्रता लिएकी हुन् ।
मेयरमा दाहालले ४३,७४३ मत ल्याउँदा नेकपा एमालेबाट प्रमुखका प्रत्यासी विजयी सुवेदीले ३३,८१३ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १३,३७७ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४५,०७४ र राप्रपाका हिमला गुरुङले २६,७४९ मत प्राप्त गरेकी छन् ।
आज बिहानसम्म एक लाख ६ हजार २२५ मत गणना भइसकेको र महानगरमा अब २१ हजार ६१४ मत गन्न बाँकी छ । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।