नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ जेठ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले आइतबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, ग्यास, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।
निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर रु १० र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु २०० वृद्धि गरेको हो । मूल्यवृद्धिसँगै पेट्रोलको भाउ प्रतिलिटर १८० रुपैयाँ, मट्टितेल तथा डिजेलको १६३ रुपैयाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर रु १६६ पुगेको छ । यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० पुगेको छ ।
निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो ।
सूची