नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ जेठ ।
स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी) र उपमेयरमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् ।
हालसम्म एक लाख २२ हजार २१९ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्यले ४९ हजार २४१ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा(एमाले)का मेयरपदका उम्मेदवार कृष्णबहादुर थापाले ४५ हजार २६२ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले तीन हजार ९७९ मतान्तरसहित अग्रता हासिल गरेका हुन् ।
त्यसैगरी उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ ५१ हजार ५८९ मतसहित अघि छन्भ ने गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार कोपिला रानाभाटले ४८ हजार ४९२ मतसहित उनलाई पछ्यारहेकी छिन् । महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा ३३ वडा रहेको पोखराका १८ वडामा नेपाली कांग्रेस विजयी भएको छ भने सात वडामा एमाले विजयी भएको छ । महानगरको वडा नं १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ को मतगणना जारी छ ।