नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ जेठ ।
रौतहटको गरुडा नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।
गरुडा नगरपालिकाको मेयरमा एमालेका कन्थमतीप्रसाद कलवार विजयी भएका हुन् भने उपमेयरमा कांग्रेसकी पुनमकुमारी चौधरी विजयी भएकी हुन् । कलवार ४,५६५ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका बृज किशोर प्रसाद यादवले ४५२६ मत ल्याए ।
त्यस्तै उपमेयरमा भने कांग्रेसकी पुनमकुमारी चौधरी ६७०३ मत ल्याई विजयी हुँदा उनकी निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी विन्दुकुमारी देवीले ४,४७७ मत ल्याइन् ।