नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ जेठ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम तेल मात्र तारेको तर चास्नीमा नडुबाएको जेरी जस्तो रहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘यो सरकारै त्यस्तै छ,चास्नीमा नडुबाएको तेलमा मात्रै तारेको जेरीजस्तो खल्लो जेरीजस्तै गुजुल्टिएको । कुनै नीति छैन, कहाँ पुग्ने ? कसको नीति ? यसको नीति के हो ?’ उनले भने, ‘प्रस्थान विन्दु के हो रु आदि के हो, मध्य के हो रु थाहा छैन ।’ ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमको जनता अल्मल्याउने अभ्यास भएको बताएका हुन् ।
नीति तथा कार्यक्रमका बुँदा नम्बर ११०, १३१, १३२, १६१ यसको उदाहरण रहेको भन्दै ओलीले नीति तथा कार्यक्रममा व्याकरणसमेत नमिलेको आरोप लगाए । ‘नीति कार्यक्रम भनेर ६५ पृष्ठमा १ सय ४५ वटा बुँदा राखेर ल्याइएको छ । यसमा रहेका भनाइका अर्थ र अन्तर्वस्तुतर्फ पटक्कै ध्यान नगइकन वर्णमालाका अक्षरहरू भित्र रहेर हेर्दा व्याकरणीय र वाक्य अशुद्धता, संगति नमिल्नु, अस्थिरताकै घोषणापत्रका रुपमा आएको छ’ ओलीले भने ।
त्यस्तै ओलीले ओलीले स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् । उनले भने, ‘स्थानीय तह निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित भनियो तर १४ दिनमा पनि किन परिणाम आउन सकेन ? सत्ता पक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरीह भएर बसेको छ ।’
ओलीले एक चीन नीतिमा छ कि छैन भनी सरकारसँग जवाफ माग गरेका छन् । नेपालले एक चीन नीतिमा प्रतिबद्धता जनाएको जानकारी दिंदै उनले छद्म नीति नलिन आग्रह गरेका हुन् ।। नेपाल हाम्रा छिमेकीहरुसँग छद्म मुखमा एउटा कुरा व्यवहारमा अर्को कुरा होइन । वास्तविक अर्थमा सन्तुलित, एक अर्कामा नखेल्ने, एउटा कार्ड अर्काको विरुद्ध प्रयोग नगर्ने र सन्तुलित, एउटाका विरुद्ध अर्कोको भूमि प्रयोग हुन नदिने नीतिमा अडिग छ कि छैन ?’ ओलीको भनाइ छ ।
उन ले यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग स्पष्ट जवाफ माग गरेका छन् । उनले भने ‘सम्मानीय प्रधानमन्त्रीज्यू, मैले उठाएका प्रश्नहरुको जवाफ आउनुपर्छ । नेपाल एक चीन नीतिमा छ कि छैन ?’