नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ जेठ ।
पछिल्लो चौबीस घण्टामा नेपालमा २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ६२८ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार २५ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र १ हजार ६०३ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६७ हजार २४ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १२९ रहेको छ । जसमा १२९ जना होम आइसोलेसनमारहेका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७९ हजार १०५ र एन्टिजेन विधिबाट १ लाख ४० हजार २२४ जना पुगेको छ ।