तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजाती भएको छ । नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण र उपमेयरमा एमालेकी जागेश्वरीदेवी चौधरी विजयी भएका हुन् ।

खाँणले चापागाईँलाई ७६५ मतान्तरले पराजित गर्दै तिलोत्तमा नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । त्यस्तै नगरपालिकाको उपमेयरमा एमालेकी चौधरी २३ हजार ८६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका हेमलाल पाण्डेले ११ हजार ५४६ मत प्राप्त गरे ।



यसअघि तिलोत्तमा नगरपालिकाको मेयर र उपमेयर दुवै एमाले विजयी भएको थियो । कुल १७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा ९ वटा वडाको अध्यक्षमा कांग्रेस र ८ वडाको अध्यक्षमा एमालेले जित हासिल गरेको छ ।

सम्बन्धित समाचार