नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ जेठ ।
पछिल्लो चौबीस घण्टामा नेपालमा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ३८७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार २३८ जनाको पीसीआर परीक्षण गर्दा ८ जना र १ हजार १४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६७ हजार ३७ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १२४ रहेको छ । जसमा १२३ जना होम आइसोलेसनमा, १ जना संस्थागत आइसोलेसनमा र १ जना आईसीयुमा रहेका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७९ हजार ११३ र एन्टिजेन विधिबाट १ लाख ४० हजार २२८ जना पुगेको छ ।