प्रचण्डद्वारा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् ।

आज (शनिबार) नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा जारी छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले ओलीलाई कुनै पार्टीसँग गठबन्धन, सहकार्य नगरी एमालेबाट प्रधानमन्त्री बन्न चुनौती दिएका हुन् । अध्यक्ष प्रचण्डले ओली दुईपल्ट माओवादीको सहयोगमा प्रधानमन्त्री बनेको दावी गरे ।



उनले भने, ‘पहिलो पटक पनि माओवादी केन्द्रको वैशाखी टेकेर भएको हो, दोस्रोपटक हाम्रो पनि भोट लिएर हुनुभएको हो । अब भएर देखाउनुस् त ! एक्लै प्रधानमन्त्री बन्नुभएको हो भने अबको चुनावबाट जितेर प्रधानमन्त्री भएर देखाउनुस् ,तपाईंलाई मानिन्छ । तपाईं एमालेको प्रधानमन्त्री हुनुहोला।’ त्यस्तै प्रचण्डले ओलीको अभिव्यक्तिमा अझै पनि अहंकार पाएको बताए ।

 

 

सम्बन्धित समाचार