नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ जेठ ।
आज (आइतबार) संघीय संसद्मा आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुँदैछ । आज ४ बजे संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को वार्षिक आयव्यय प्रस्तुत गर्ने कार्यक्रम छ ।
संविधानको धारा ११९ बमोजिम जेठ १५ गते बजेट भाषण हुन लागेको हो । सरकारले जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रम शनिबार प्रतिनिधिसभाबाट बहुमतले पारित भइसकेको छ ।
मन्त्रिपरिषद्को आजै बस्ने बैठकले बजेट पारित गरेपछि अर्थमन्त्रीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने छन् ।