नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरद्वारा वाकाथन कार्यक्रम सम्पन्न

ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसर पारेर वाकाथन (पद यात्रा) गरेको छ । अस्पतालको पाँचौं वार्षिकोत्सव पारेर साताव्यापी कार्यक्रम गरिरहेको अस्पतालले आज क्यान्सरकाबारेमा जनचेतना जगाउन वाकाथन कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरद्वारा वाकाथन कार्यक्रम सम्पन्न



ललितपुरको लगनखेलबाट बाजागाजा सहित शुरु भएको वाकाथनमा अस्पतालका अध्यक्ष डा. सुदिप श्रेष्ठ सहित चिकित्सक, क्यान्सरबाट निको भएका सर्भाइभर, अस्पताल संचालक समिती सदस्यहरु, नेपाल क्यान्सर सपोर्ट समूहका सदस्यहरु एवम कर्मचारीहरुको सहभागिता रहेको थियो ।

‘नेपालीको क्यान्सर उपचार नेपाल मै’ लेखिएका ब्यानरसहित सहभागीहरुले पाटनको दरवार स्क्वायर चोकमा र जावलाखेलमा ‘फ्ल्यास मुभ’ प्रदर्शन गरेका थिए । अस्पतालले हरेक वर्ष आफनो वार्षिकोत्सव कार्यक्रममा विविध जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित समाचार