क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका गम्भीर विरामीलाई पाँच हजार दिने

सरकारले क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका गम्भीर विरामीलाई सरकारले मासिक पाँच हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ ।

आज (आइतबार) अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त घोषणा गरेका हुन् । त्यस्तै उनले विपन्न मिर्गौला रोगीहरुलाई निशुल्क मिर्गौला प्रत्यारोपण गर्न रु १० करोड विनियोजन गर्नुका साथै सबै प्रादेशीक अस्पतालहरुमा डायलासिस सेवा उपलव्ध गराउन डायलासिस मेसिन खरिद गर्न रु २० करोड विनियोजन गरेको जानकारी दिए ।



यस्तै अर्थमन्त्री शर्माले ४० वर्षको उमेर पुगेका व्यक्तिको स्वास्थ्य परीक्षण वर्षमा एक पटक गरिने जानकरी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड विनियोजन गरेको भन्दै मन्त्री शर्माले एम्बुलेन्स सेवालाई एकीकृत सेवामार्फत् सञ्चालन गरिने बताए । उनले स्वास्थ्य क्षेत्रको प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ हर्ब ४४ करोड विनियोजन गरेको बताए ।

मन्त्री शर्माले स्वास्थ्य बीमा कार्यक्रमका लागि सात अर्ब ५० करोड रुपियाँ विनियोजन गरेको, ६५५ आधरभूत अस्पतालमा निर्णमा गरिने र स्थानीय तहमा आधारभूत अस्पतालमा निमार्ण गर्न १० अर्ब विनियोजन गरेको, पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप कार्यक्रम ल्याइने, दुर्गम जिल्लाका अस्पतालमा काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीका लागि एक अस्पताल एक चिकित्सक कार्यक्रम ल्याइने जानकारी दिए ।

सम्बन्धित समाचार