यस्तो छ आर्थिक वर्ष २०७९/८० को बजेट (पूर्णपाठसहित)

बजेटको आकार १७ खर्ब ९३ अर्ब ८३ करोड

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसद्‍मा आर्थिक वर्ष २०७९/८० का लागि उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा नयाँ नारामार्फत आर्थिक समृद्धिको नयाँ अभियान सञ्चालन गर्ने भएको छ । बजेटमा चालुतर्फ कूल रु सात खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पूँजीगततर्फ रु तीन खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१.२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु दुई खर्ब ३० अर्ब २२ करोड अर्थात् १२.८ प्रतिशत बराबर रहने गरी प्रबन्ध गरिएको छ ।



त्यस्तै स्थानीय र प्रदेश सरकारलाई वित्तीय अनुदान हस्तान्तरणतर्फ रु चार खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत बराबरको बजेट प्रबन्ध गरिएको अर्थमन्त्री शर्माले जानकारी दिए । यस्तै बजेटको स्रोतमध्ये राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड, वैदेशिक अनुदान ५५ अर्ब ४६ करोड, विदेशी ऋण २ खर्ब ४२ अर्ब २६ करोड, २ खर्ब ५६ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने अर्थमन्त्री शर्माले बताए।

यस्तो छ बजेटको पूर्णपाठ

सम्बन्धित समाचार