नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ जेठ ।
सत्ता गठबन्धनको बैठकले स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति गरेर अघि बढ्ने निर्णय गरेको छ । आज (सोमबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले जिल्ला समन्वय समितिमा पनि सहमति गर्न प्रदेश र जिल्लास्तरीय समितिलाई निर्देशन दिएको बालुवाटार स्रोतले बताएको छ । त्यस्तै बैठकले स्थानीय निर्वाचनको समीक्षा गर्दै स्थानीय कार्य पालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति गर्ने निर्णय गरेको हो ।
बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको सभागिता रहेको थियो ।